शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरूद्ध अविश्वास प्रस्ताव दर्ता हुनुभन्दा केही समयअघि मात्र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

पोखरा– नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरूद्ध अविश्वास प्रस्ताव दर्ता हुनुभन्दा केही समयअघि मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादीले गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन बिहीबार दिउँसो १ः२५ बजेदेखि फिर्ता लिएको हो। त्यसको १० मिनेटपछि मुख्यमन्त्री गुरुङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको छ। 

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुझाएका हुन्। पत्रमा सरकारलाई दिएको समर्थन बिहीबारदेखि नै लागू हुने उल्लेख छ। 

कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टी दुई सांसद गरी २८ जना सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

यस्तो छ गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव (पूर्णपाठ)

प्रकाशित: Apr 15, 2021| 08:57 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।