शुक्रबार, भदौ १२, २०८३

प्रदेशसभा अधिवेशन अन्त्यपछि गण्डकीमा थप अन्योल  

अविश्वास प्रस्तावको सामना गर्न कठिन हुने भएपछि गण्डकी प्रदेश सरकारले बुधबार मध्यरातमा एकाएक प्रदेश सभाको हिउँदे अधिवशेन अन्त्य गरेपछि राजनीतिले नयाँ मोड लिएको छ। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

पोखरा– अविश्वास प्रस्तावको सामना गर्न कठिन हुने भएपछि गण्डकी प्रदेश सरकारले बुधबार मध्यरातमा एकाएक प्रदेश सभाको हिउँदे अधिवशेन अन्त्य गरेपछि राजनीतिले नयाँ मोड लिएको छ। 

पृथ्वीसुब्बा गुरुङको सरकार गिराएर नयाँ बनाउने कसरतमा लागेका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी यो घटनाक्रमपछि कसरी अगाडि बढ्ने भनेर आन्तरिक बैठकमा जुटेका छन्।  

अहिले ३ वटै दलका सांसदहरु प्रदेश सभा सचिवालयमै अलग अलग बैठकमा छन् । दलहरुको आ–आफ्नो धारणा बनाएर पुनः एकै ठाउँमा बसेर त्यसलाई साझा रुपमा अगाडि बढाइने नेपाली कांग्रेसका सांसद कुमार खड्काले बताएका छन्। तर यसरी नै अगाडि बढ्ने भन्ने तय हुन भने बाँकी नै छ। 

संसद् अधिवेशन अन्त्य भए पनि अविश्वासको प्रस्तावसम्बन्धी सूचना दर्ता गराउन भने सकिन्छ। तर त्यसलाई कसरी प्रक्रियामा लैजाने भन्ने बारेमा अन्योल नै छ। यसका लागि विशेष अधिवेशन बोलाउनु पर्ने हुन्छ। 

बर्खे अधिवेशनको मिति नजिकिँदै गरे पनि अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढाउन भने विशेष अधिवेशन नै चाहिने हुन्छ। प्रदेश सभा नियमावलीमा कतिपय विषय उल्लेख नभए पनि सभामुखको स्वविवेकले काम गर्ने संसदीय अभ्यास हुन्छ। 

सरकार परिवर्तनको कसरतमा दलहरु जुटिरहेका बेला गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन प्रदेश प्रमुख अमिक शेरचनले बुधबार रातिदेखि अन्त्य गरेका हुन्। त्यसको सूचना बिहीबार बिहान प्रदेश सभा सचिवालायले प्राप्त गरिसकेको छ। 

हिउँदे अधिवेशन चैत २५ गते सुरु भएको हो। प्रदेश सरकारलाई दिएको समथर्मन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको निर्णयपछि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको थियो। 

बुधबार राजमोले समर्थन फिर्ता लिने भन्दै वक्तव्य जारी गरेपछि कांग्रेस लगायत दल सरकार विरुद्ध अविश्वासको प्रस्ताव सम्बन्धी सूचना दर्ता गराउने तयारीमा थिए। 

बिहीबार बिहानभर पनि कांग्रेस, माओवादी र जसपा अलग अलग बैठकमा जुटेका थिए।

प्रकाशित: Apr 15, 2021| 06:24 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।