शनिबार, असोज १०, २०८३

नयाँ वर्षको सुरुवातमै बढ्यो सुनचाँदीको मूल्य

नयाँ वर्ष २०७८ को सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं - नयाँ वर्ष २०७८ को सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। गत वर्षको अन्तिम कारोबारका दिन मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन बिहीबार तोलामा तीन सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ।

आज तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला एक हजार २ सय ९० रुपैयाँ तोकिएको छ। 
महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको हो। 

प्रकाशित: Apr 15, 2021| 06:05 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्