शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अविश्वासको प्रस्ताव टार्ने प्रयास, गण्डकी प्रदेशसभा मध्यरातमा अन्त्य

अविश्वासको प्रस्ताव टार्ने प्रयास, गण्डकी प्रदेशसभा मध्यरातमा अन्त्य

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएपछि मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरिएको हो। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं – गण्डकी प्रदेशको प्रदेशसभा अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ माथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएपछि मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरिएको हो। 

गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेपछि सम्भावित सत्ता संकट टार्न प्रदेश सरकारले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो।  

नेपाली कांग्रेस र माओवादीले साना दलसँग मिलेर नयाँ सरकार गठन गर्ने तयारी गरेका थिए। नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार नै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिएको थियो। 

प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसको जानकारी सभामुखलाई दिएका छन्।

प्रकाशित: Apr 15, 2021| 05:42 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।