शुक्रबार, भदौ १२, २०८३

जुडशीतल पर्व : हिलोपानीमा रमाउँदै मिथिलावासी

मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै छ। वैशाख संक्रान्तिको भोलिपल्ट मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलोपानी लगाउने गर्छन्।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

जनकपुरधाम - मिथिलाञ्चलमा बिहीबार हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै छ। वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्छन्। यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ। 

होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एकअर्कालाई हिलोपानी दलिन्छ। जुडशीतल पर्वमा अघिल्लाे वर्षको बासी खाना खाने परम्परासमेत छ। 

पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एकअर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्थे। अचेल यो परम्परा लोप हुँदै गइरहेको संस्कृतविद्हरू बताउँछन्। 

मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा मनाइएको छ। जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा 'सेभ हिस्टोरिकल जनकपुरधाम' का कार्यवाहक अध्यक्ष अमरचन्द्र अनिलको अगुवाइमा जुडशीतल आयोजना गरिएको हाे। 

कार्यक्रममा उपस्थित व्यक्तिहरूले एकअर्कालाई हिलो पानी लगाएर जुडशीतल पर्व मनाएका छन्। शीतलताको प्रतीकका रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने  प्रदेश २ का प्रदेशसभा सदस्य रामअशिष यादव बताउँछन्। 

जुडशीतल पर्वमा एकाबिहानै बोटबिरुवामा पानी हाल्ने परम्परा पनि छ। यस हिसाबले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिने कावा अध्यक्ष अनिल बताउँछन्। यसका अतिरिक्त जुडशीतल पर्व वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्त्वपूर्ण छ।  

शरीरमा हिलो र पानी  हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू नलाग्ने विश्वास छ। 

गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको चर्मरोग विशेषज्ञ डा. प्रमोदकुमार झाले बताउँछन्।

प्रकाशित: Apr 15, 2021| 04:50 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।