शुक्रबार, भदौ १२, २०८३

भेरी अस्पतालमा कोरोना संक्रमण दर ६१ प्रतिशत 

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमणको दर निकै बढेको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं– नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमणको दर निकै बढेको छ। अस्पतालका अनुसार चैत २८ यता संक्रमण दर ह्वात्तै  बढेको छ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। 

१२३ जनाको पीसीआर परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको अस्पतालको तथ्यांक छ। यो ६१ प्रतिशत हो। त्यस्तै चैत ३१ मा ११३ जनामा परीक्षण गरिएका ५९ जना अर्थात् ५२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।

चैत ३० मा ७८ जनाको पीसीआर परीक्षण गर्दा ५२ प्रतिशतमा, चैत २९ गते ४७ प्रतिशत र चैत २८ गते ६१ जनामा परीक्षण गर्दा ३४ प्रतिशतमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। 

पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेपछि भारतबाट फर्कने नेपालीको संख्या पनि बढेको छ। सोही कारण कोरोना संक्रमितको दर बढ्दै गएको अस्पतालले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सीमा नाकाबाट आउने मानिसमा संक्रमणको दर बढी भएको भन्दै नेपालगन्ज हटस्पट बन्ने संकेत गरेको छ। 

प्रकाशित: Apr 14, 2021| 15:47 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।