सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा यूके भेरियन्ट र डबल म्युटेन्ट कोरोना फैलिएको पुष्टि

नेपालमा यूके भेरियन्ट र डबल म्युटेन्ट कोरोना फैलिएको पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ।
 |  बुधबार, वैशाख १, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, वैशाख १, २०७८

vianetvianet

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ।

triton college

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पनि बेलायतमा पत्ता लागेको बी प्वाइन्ट वान प्वाइन्ट सेभने नामक भेरियन्ट पुष्टि भएको छ। 

भारतमा नयाँ भेरियन्ट पुष्टि भएपछि गत जनवरीदेखि नेपालमा पनि नयाँ भेरियन्टको निगरानी गरिएको थियो। 

जनवरी सुरुमा चार प्रतिशत नमुनामा एस जिन नेगेटिभ भेटिएको थियो। दुई महिनापछि ७७ प्रतिशतमा एस जिन नेगेटिभ पुगेको थियो।

त्यसपछि एस जिन नेगेटिभ १० वटा नमुना र ५ वटा एस जिन पोजेटिभ भएका १५ वटा नमुना परीक्षणका लागि हङकङ परीक्षणका लागि पठाइएको थियो।

National life insurance

हङकङबाट प्राप्त रिपोर्टअनुसार १० वटा एस जिन नेगेटिभ भएका नमुनामध्ये नौ वटा नमुनामा नयाँ भेरियन्ट पुष्टि भएको छ। उनीहरु २१ देखि ५९ बर्ष उमेरका रहेको पौडेलले बताए। उनीहरुलाई यूके भेरियन्ट भएको पुष्टि भएको छ। तीमध्ये दुई जना कास्कीका, चार जना काठमाडौंका, दुई जना भक्तपुरका र एका जना नुवाकोटका छन्। 

भारतमा पत्ता लागेको डबल म्युटेन्ट भाइरस एक जनामा पुष्टि भएको छ । ललितपुरका एक जनामा पुष्टि भएको पौडेलले जानकारी दिए।नयाँ भेरियन्ट पत्ता लगाउन शरीरमा पाँच वटा जिनको परीक्षण गरिन्छ– एस जिन, एन जिन, ई जिन, ओराएफ जिन र आरडीआरपी जिन। 

यीमध्ये नयाँ भेरियन्ट पत्ता लगाउन एस जिन नेगेटिभ आउनुपर्छ भने अरू सबै जिनको रिपोर्ट पोजेटिभ आउनुपर्छ। नयाँ भेरियन्ट पत्ता लगाउन मानिसमा कोरोना पोजेटिभ हुनैपर्छ। एस जिन नेगेटिभ हुनैपर्छ। कोरोना पोजेटिभ र एस जिन पोजेटिभ देखिएमा त्यो नयाँ भेरियन्ट हुँदैन।

काठमाडौंमा गत साता संकलन गरिएका ७६ नमुनामध्ये ४८ नमुना (६३ प्रतिशत) मा एस जिन नेगेटिभ भेटिएको छ। ती नमुनामा करिब २० वर्ष मुनिका बालबालिका झन्डै २० प्रतिशत छन्। सबैभन्दा बढी ३५ देखि ३९ वर्षका रहेको निर्देशक पौडेल बताउँछन्।

पोखरामा गत २४ घण्टामा प्राप्त रिपोर्टमा १७६ वटामध्ये १०५ वटा नमुनामा एस जिन नेगेटिभ देखिएको छ। उनीहरूमध्ये ५१ जना १० देखि १४ वर्ष उमेर समूहका छन्।

प्रकाशित: Apr 14, 2021| 11:23 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।