शनिबार, असोज १०, २०८३

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना 

 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं– यस नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्ने भएका छन्। 

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस डेटा योजना अन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु. ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन्। 

यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो योजना चैत ३१ गते मङ्गलबार देखि संचालनमा आएको छ ।  डबल डेटा योजना अन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन्।

यो योजना अन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिदमा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन्।

प्रकाशित: Apr 14, 2021| 07:16 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्