शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अबको बजेट सामाजिक सुरक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ : अर्थमन्त्री पौडेल

अबको बजेट सामाजिक सुरक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट रोजागारी सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताएका छन्। मंगलबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट रोजागारी सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताएका छन्। मंगलबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। 

'आगामी बजेटले रोजगारी सिर्जाना र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिन्छ,' कार्यान्वयन हुन नसक्ने आयोजनालाई प्राथमिकतामा नराख्ने बताउँदै मन्त्री पौडेलले भने।

विगतमा स्रोतको उचित उपयोग नभएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले स्रोतको उचित उपयोगका लागि आगामी बजेटको ठूलो भूमिका रहने दाबी गरे।

आगामी बजेटले कोरोना माहामारीसँग जुध्न र नेपालको आर्थिक पुनरुत्थान गर्ने बजेटको कार्यदिशा बनाइएको पनि उनले जानकारी दिए। 

नेपाललाई अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति गर्न आवश्यक मापदण्ड पूरा गर्नका साथै उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनका बजेट केन्द्रित हुने उनको दाबी छ। 

बजेटमा राष्ट्रिय गौरवका आयोजनाको स्रोत सुनिश्चिचता हुने बताउँदै आगामी वर्ष राजस्वको लक्ष्य वैज्ञानिक तवरबाट तय हुने बताए। 

प्रकाशित: Apr 13, 2021| 12:42 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्