शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेश जानेको संख्यामा ७५ प्रतिशत गिरावट, रेमिट्यान्स ९ प्रतिशत वृद्धि

विदेश जानेको संख्यामा ७५ प्रतिशत गिरावट, रेमिट्यान्स ९ प्रतिशत वृद्धि

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको फागुनसम्म रेमिट्यान्स आयातमा झण्डै ९ प्रतिशतले वृद्धि भएको जनाएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको फागुनसम्म रेमिट्यान्स आयातमा झण्डै ९ प्रतिशतले वृद्धि भएको जनाएको छ।

सोमबार चालू आर्थिक वर्षको वर्तमान वित्तिय अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले सो जानकारी गराएको हो।

चालू आर्थिक वर्षमा ६ खर्ब ४२ अर्ब रेमिट्यान्स भित्रिएको र उक्त रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ८.६ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकले समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा ७४.८ प्रतिशतले घटेको उल्लेख गरेको छ। 

प्रकाशित: Apr 12, 2021| 13:09 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्