शनिबार, असोज १०, २०८३

चैत मसान्तभित्रै कर बुझाउन विभागको सूचना

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७७–०७८ को बुझाउनुपर्ने करको ७० प्रतिशत रकम चैतभित्रै बुझाउन आग्रह गरेको छ। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७७–०७८ को बुझाउनुपर्ने करको ७० प्रतिशत रकम चैतभित्रै बुझाउन आग्रह गरेको छ। 

विभागले सूचना जारी गर्दै बुझाउनुपर्ने करको ७० प्रतिशत करमध्ये तिर्न बाँकी रकम र यसअघि पेश गरिएको आय विवरण संशोधन गर्नुपर्ने भएमा चैत मसान्तभित्रै बुझाउन आग्रह गरेको छ।

बुझाउनुपर्ने रकम ठूला तथा मध्यमस्तरीय कर कार्यालयमा बुझाई कानुन अनुसार लाग्ने जरिवाना तथा ब्याजबाट बच्न विभागले सूचनामा उल्लेख गरेको छ।
 

प्रकाशित: Apr 12, 2021| 12:31 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्