काठमाडौं– चालु आर्थिक वर्ष २०७७–०७८ मा राजस्व संकलन लक्ष्यअनुसार नभएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार चालु आवको फागुनसम्मको विवरण सार्वजनिक गर्दै सो जानकारी गराएको हो।
मन्त्रालयका अनुसार फागुनसम्मको राजस्व संकलन लक्ष्य ६ खर्ब १७ अर्ब ५३ करोड ५० लाख रुपैयाँ थियो। यो अवधिमा ६ खर्ब ३ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।