शनिबार, असोज १०, २०८३

सुनको मूल्य बढ्यो, तोलाको कति?

आज एक सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ। पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मूल्य आइतबार भने  घटेको थियो। 

तर, आज फेरि मूल्य उकालो लागेको छ। हिजो ८९ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज एक सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य ८९ हजार १ सय ५० रुपैयाँ रहेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। 

हिजो प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा कारोकार भएको हो।

प्रकाशित: Apr 12, 2021| 06:00 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्