काठमाडौं- नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो।
८ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ। सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ।
यस्तै २ अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो। सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ।
बैंकले यसअघि चैत २३ गतेसमेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।