शनिबार, असोज १०, २०८३

वर्ल्डलिंकको ‘हर्षको नयाँ वर्ष’ योजना

‘हर्षको नव वर्ष’ अफर ल्याएको कम्पनीले जनाएको छ । जसमा बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा समग्रमा ६२ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं- इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँवर्ष’ अफर योजना ल्याएको छ । कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ ।

त्यही अपेक्षासाथ ‘हर्षको नव वर्ष’ अफर ल्याएको कम्पनीले जनाएको छ । जसमा बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा समग्रमा ६२ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

यो बाह्र महिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाइने कम्पनीले जनाएको छ ।

यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाइने जसमा फिल्म हेर्न सकिनेछ । वाईफाईका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने पनि कम्पनीले जनाएको छ । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुने जनाइएको छ ।

प्रकाशित: Apr 11, 2021| 07:46 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्