काठमाडौं- राष्ट्रिय बीमा संस्थानले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ।
सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकर एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
संस्थानले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाईआफ्नो बैंकको माध्यमबाट नेशनल पेमेन्ट इन्टरफेस मार्फत इपेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबार बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ।
साथै संस्थानका बीमितहरूले आफ्नो प्रिमियम पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट वा ५ हजार भन्दा बढि बैंक शाखाहरूबाट र एनसीएचएलसँग आबद्ध बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूको च्यानलहरू मार्फत पनि तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै संस्थान तथा लाभग्राहीका बैंक खाताहरूबाट हुने जनाइएको छ ।