काठमाडौं - म्यानमारको सेनाले प्रजातन्त्रको पुनर्बहालीका लागि आन्दोलन गरिरहेका सर्वसाधारणमाथि फेरि गोली बर्साएको छ।
प्रजातन्त्रको रक्षाका लागि आन्दोलनरत सर्वसाधारणमाथि शनिबार गोली बर्साउँदा कम्तीमा ८० जनाको मृत्यु भएको छ।
म्यानमारको समाचार संस्था ‘आउटलेट असिस्टेन्ट एसोसिएसन फर पोलिटिमल प्रिजनर्स’का अनुसार सेनाले सर्वसाधारणमाथि गोली बर्साउदा ८२ जनाको ज्यान गएको दाबी गरेको छ।
सेनाले सर्वसाधारणमाथि क्रुर दमन गरेको र लासमाथि लास थुपारिएको संस्थाले बताएको छ।
म्यनमार नाउँका अनुसार सेनाले शुक्रबार बिहानदेखि साँझसम्म गोली चलाएको दाबी गरेको छ।
‘म्यानमारमा नरसंहार भइरहेको छ, सेनाले सर्वसाधारणको छायाँ देखे पनि गोली बर्साइरहेको छ,’ प्रदर्शनको नेतृत्व गरिरहेका ये हुतुतले भनेका छन्।
हालसम्म म्यानमारमा प्रजातन्त्रका लागि आन्दोलन गरिरहेका ६१८ सर्वसाधारणको मृत्यु भइसकेको छ। यद्यपि सेनाले भने यो दाबीलाई अस्वीकार गरेको छ।
म्यानमार सेना जुनटाका प्रवक्ता मेजर जनरल जामिन टुनले अहिलेसम्म २४८ जना सर्वसाधारण र १६ जना सेनाको मृत्यु भएको जनाएका छन्।
सेनाले सर्वसाधारणमाथि कुनै पनि स्वचालित हतियारको प्रयोग नगरेको उनको जिकिर छ।