आइतबार, भदौ १४, २०८३

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या  

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

जनकपुर - सिरहामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ। सिरहाको लहान नगरपालिका वडा नम्बर २३ वरियार चोकमा राति पौने एक बजेको समयमा स्थानीय प्रदीप विश्वकर्माको गोली प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिए। 

‘विश्वकर्मामाथि गोली तथा खुकुरी प्रहार गरिएको छ,’ एसपी भण्डारीले भने, ‘श्रीमति भने सामान्य घाइते भएकी छन। उनको हाथमा चोट लागेको छ।’ 

घटना लगत्तै प्रहरीले हत्याको शंकामा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर ७ का रामकृष्ण चौधरी र सुरेश सहनी रहेका छन्। प्रहरीका अनुसार चौधरीलाई फलामको रडसहित भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

प्रकाशित: Apr 11, 2021| 01:54 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।