सोमबार, जेठ ४, २०८३

गर्मीमा शरीरमा पानी कम हुन नदिऔं

गर्मीमा अधिकांस मानिसको शरीरमा पानीको कमी हुने गर्छ। गर्स गर्दा मानिस डिहाइड्रेशनको शिकार हुने गर्छन्।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

गर्मीमा अधिकांस मानिसको शरीरमा पानीको कमी हुने गर्छ। गर्स गर्दा मानिस डिहाइड्रेशनको शिकार हुने गर्छन्।

National life

शरीरमा पानीको मात्रा कमी हुँदा काम गर्ने जागर जल्दैन। शरीरमा स्फुर्ती नै आउँदैन।  डिहाइड्रेशनको समस्या वृद्ध तथा बालबालिकामा हुने गर्छ।

यस्तो समस्याबाट बच्च अत्याधिक मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ। गर्मीमा काम गर्दा वा खेल्दा डिहाइड्रेशनको समस्या हुने जोखिम हुन्छ।

काक्रा

काक्रो पोषक तत्वले मात्रै भरपुर हुँदैन। यसमा ९५  प्रतिशत पानीको मात्रा हुन्छ। गर्मी मौसममा काक्रोको सेवन गर्दा शरीरमा पानीको कमी हुन पाउँदैन।

काक्रोमा एन्टिइन्फ्लेमेन्टरीको गुण पनि भरपुर हुन्छ। जसले छालाको जलनलाई कम गर्न मद्दत गर्छ। शरीरमा चिसो पैदा हुने भएकाले गर्मीमा मानिसले काक्रोको सेवन गर्न मनपराउँछन्।

तरभुज

गर्मीमा सबैले तरभुज सेवन गर्न मन पराउँछन्। किनकी यसले शरीरमा  पानीको मात्रा कमी हुन दिँदैन। तरभुजमा ९१ प्रतिशत पानी हुन्छ। तरभुजको सेवनले शरीरका कोशिकालाई सुर्यबाट हुने क्षतिबाट समेत जोगाउँछ।

स्ट्रबेरी

गर्मीमा स्ट्रबेरीको सेवन पनि फाइदाजनक हुन्छ। यसमा पनि ९१ प्रतिशत पानीको मात्रा हुन्छ। यसको सेवनले शरीरमा पानीको कमी हुनबाट जोगिन सकिन्छ।

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फमेशनमा प्रकाशित एक अध्ययन अनुसार स्ट्रबेरीको सेवन सुन्निने समस्याबाट समेत जोगाउँछ। र, अक्सिडेटिव तनाव, मोटोपन, मुटुको जोखिमबाट समेत यसले  बचाउँछ। स्ट्रबरीको सेवनले विभिन्न किसिमका क्यान्सरबाट समेत जोगाउने अध्ययनले देखाएको छ।

प्रकाशित: Apr 11, 2021| 01:29 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्