शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • अर्थ
  • दुई तिहाइ छ भन्दैमा सरकार निरंकुश बन्दैन : अर्थमन्त्री

दुई तिहाइ छ भन्दैमा सरकार निरंकुश बन्दैन : अर्थमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले दुई तिहाइको सरकार भएकाले निरंकुश हुन खोजेको भनेर शंका नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गरेका छन् । 

आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय सभाका सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै सरकार संयमित भएर दुई तिहाइलाई उपयोग गर्नेतर्फ लागेको बताए । 

‘विकासका लागि हीरा पनि फोर्न पछि पर्दैनौं,’ उनले भने, ‘कर छली गर्नेहरू वित्तीय अपराधको कानुनको अधीनमा पर्छन् ।’ विद्यालय र स्वास्थ्य संस्थाको शुल्क र प्राथमिकताको विषयमा आएका सुझाव मनन गरिएको उनको भनाइ थियो । 

खर्च नभई बसेको एक खर्ब ५१ अर्ब रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रहेको उनले खुलाए । प्रधानमन्त्री नै प्राधिकरणको निर्देशक समिति र परिषद् अध्यक्ष हुने भएकाले त्यसलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको उनको भनाइ थियो ।  

प्रधानमन्त्री कार्यालय मातहत रहेका महान्यायाधीवक्ता, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागका लागि उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए । 

‘प्राधिकरणको बजेटमा अधिनायकवाद देख्न थाल्यौं भने त के भन्ने ? बरू, प्रधानमन्त्री कार्यालयलाई कसरी चलाउन सकिन्छ भनेर सुझाव दिनूस्,’ उनले भने ‘त्यो पैसा दुरुपयोग हुन्छ भन्यौं भने भूकम्पपीडितमाथि अन्याय हुन्छ ।’

सात सय ६१ वटा सरकारलाई रकम दिनु परेकाले बजेटको आकार ठूलो भएको उनले बताए । खतिवडाले भने, ‘हामी हावामा उडेका छैनौं, धरातलमै उभिएका छौं । राजश्व चुहावट रोक्दा हिजो भ्याट फिर्ता लिएर मोज गर्नेहरूलाई हामी निजी क्षेत्र भनिरहेका छौं ।’

राष्ट्रिय उद्योगहरूलाई सुविधा दिने नीति बजेटले लिएको उनको भनाइ थियो । ‘धेरै कमाउने व्यक्तिलाई कर लगाइयो भनेर चिन्ता गर्नु हुँदैन । व्यक्तिगत आम्दानी गर्नेहरूलाई अलिक बढी कर लगाइएकै हो,’ खतिवडाले भने ‘बढी आम्दानी गर्नेले बढी कर तिरेन भने त लक्ष्य हासिल गर्न सकिँदैन ।’ 
 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।