आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विभूषणमा किन हटाइयो नेपालको चुच्चे नक्सा? यस्तो छ गृहको जवाफ

विभूषणमा किन हटाइयो नेपालको चुच्चे नक्सा? यस्तो छ गृहको जवाफ

२०७७ वैशाख १ गते नै यी विभूषण वितरणका लागि तयार गरिएको तर कोरोना महामारीका कारण संभव नभएकाले त्यसबेला कायम आधिकारिक नेपालको नक्सा राखिएको गृहको विज्ञप्तिमा भनिएको छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडाैं- शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विभिन्न व्यक्तिहरूलाई विभूषण प्रदान गरिन्। विभूषणमा नेपालको पुरानै नक्सा परेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना सुरु भयो। 

विभूषणमा लिम्पियाधुरा र लिपुलेकका भूभाग हटेको नेपालको नक्सा राखिएपछि सरकारले देखाउनका लागि मात्र संविधान संशोधन गरेको तर भारतलाई रिझाउनकै लागि नेपालका विभूषणमा ती भूभाग जानाजान छुटाइएको भन्दै चर्को आलोचना भएपछि गृह मन्त्रालयले स्पष्टीकरण नै दिएको छ।  

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको स्पष्टीकरण विज्ञप्तिमा विभूषण वितरणकाे प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै विभूषणहरूमा अंकित रहेको दाबी गरिएको छ।

२०७७ वैशाख १ गते नै यी विभूषण वितरणका लागि तयार गरिएको तर कोरोना महामारीका कारण संभव नभएकाले त्यसबेला कायम आधिकारिक नेपालको नक्सा राखिएको गृहको विज्ञप्तिमा भनिएको छ।

'कोभिड-१९ को कारणबाट वैशाख १ गते वितरण हुन सम्भव नभएकोले हाल सुशोभन गरिएको हो,' विज्ञप्तिमा उल्लेख छ, 'नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोही बमोजिमको नयाँ नक्सा अंकित भएको र यसको सुशोभन आगामी २०७८ वैशाख १ मा गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।' 

प्रकाशित: Apr 10, 2021| 12:11 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।