मंगलबार, चैत १०, २०८२

नेपालमा कोरोना संक्रमण बढेको बढ्यै, २४ घण्टामा ३३७ जना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

National life

यस्तै पछिल्लो २४ घण्टामा १५१ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएर हालसम्म ३ हजार ३९ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म नेपालमा २ लाख ७३ हजार ८८६ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ। हाल सक्रिय संक्रमितको संख्या २८ सय छ। 

यसअघि शुक्रबार २८८ जना संक्रमित भेटिएका थिए। पछिल्लो समय नेपालमा संक्रमित हुनेको संख्या बढेको र युके भेरियन्टसमेत देखिएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।  मन्त्रालयले कोरोना महामारीको दोस्रो लहर सुरु हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेको छ। 
 

प्रकाशित: Apr 10, 2021| 11:20 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्