आइतबार, भदौ १४, २०८३

कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन्।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन्।  

नेपाली कांग्रेस तथा नेविसंघ लमजुङ–काठमाडौं सम्पर्क समितिले शनिबार यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन्। 

'कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ। कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ', उनले भने।  सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ। 

कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीतिक दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताए। उनले कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने दाबी गरे। 

कांग्रेसको छवि बदलेर संगठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ। उनले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढंगले निर्वाह गर्न सकेमात्र कांग्रेस रुपान्तरण हुने बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जित हासिल गर्न सकिने बताए। विगतका अनुभव विचार गरेर नयाँ पुस्तालाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उनको भनाइ थियो। 

कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य गरेमात्र कांग्रेस बलियो हुने बताए। 

पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीले कांग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे। सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा कांग्रेसको संगठन बलियो बनाउन एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताए। रासस

प्रकाशित: Apr 10, 2021| 07:48 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।