आइतबार, वैशाख २७, २०८३

भारतमा एकै दिन एक लाख ४५ हजारलाई कोरोना संक्रमण 

यो संख्या कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन्। 
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन्। यो संख्या कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन्। 

National life

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ४५ हजार ३८४ जना संक्रमित भएका हुन्। 

सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभर कुल ७९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दस  लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोना भाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरस मुक्त भएकाहरुको संख्या एक करोड १९ लाख ९० हजार ८५९ छ। 

प्रकाशित: Apr 10, 2021| 07:20 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।