आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब पनि ओलीलाई पदबाट नहटाए कांग्रेसको नैतिकतामा प्रश्न उठ्छ : सिंह

अब पनि ओलीलाई पदबाट नहटाए कांग्रेसको नैतिकतामा प्रश्न उठ्छ : सिंह

नेपाली कांग्रेस प्रभावशाली नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकार दुरुपयोग गरी जनताको विश्वासमाथि ओली सरकारले लात हानेको बताएका छन्।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं- नेपाली कांग्रेस प्रभावशाली नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकार दुरुपयोग गरी जनताको विश्वासमाथि ओली सरकारले लात हानेको बताएका छन्। 

श्री भगवती क्लबको आयोजनामा शनिबार काठमाडौंको टोखामा भएको शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निमार्ण गरिएको  पोखरी उद्घाटन कार्यक्रममा नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न जहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नुपर्ने बताएका हुन्। 

उनले भने,  ,‘प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिसके। अन्तर्राष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसके। अब तत्काल ओलीको विकल्प दिनुपर्छ ।’

साथै नेता सिंहले राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको पनि बताए। उनले ओलीमा अलिकति पनि नैतिकता नभएको भन्दै ओलीलाई प्रधानमन्त्रीमा बसिरहन दिए आफूहरुको पनि नैतिकतामा प्रश्न उठ्ने बताए। 

विगतका  घटनाले यो सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भइसकेको भन्दै नेता सिंहले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको आरोप लगाए।  

नेता सिंहले सरकार परिवर्तन गर्न कांग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउँदै  आफूहरुलाई जनताले प्रतिपक्षमा बस्ने अधिकार दिए पनि कम्युनिस्टहरुले देश सञ्चालन गर्न नसकेका कारण सरकार निमार्णमा अग्रसर भएको प्रस्ट पारे।

देश र लोकतान्त्रिक मूल्यमान्यता बचाउन पनि अहिले कांग्रेसले प्रभावकारी भूमिका खेल्ने अवस्था आएकाले आफूहरु त्यसमा लागिपरेको उनको भनाइ छ।

प्रकाशित: Apr 10, 2021| 07:02 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।