आइतबार, भदौ १४, २०८३

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

चैत २८ गतेदेखि वैशाख २८ गतेसम्म सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्ड मर्मतसम्भारका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ। चैत २८ गतेदेखि वैशाख २८ गतेसम्म सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।

सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौं जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारका यातायात सेवा बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक सहदेव भण्डारीले जानकारी दिए। उनले दक्षिणकाली सिस्नेरी सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताए। 

निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको शुक्रबार बसेको संयुक्त बैठकले शनिबार हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ। दक्षिणकालीकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ। रासस

प्रकाशित: Apr 09, 2021| 16:31 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।