बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जर्ज फ्लोयडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको विवादास्पद भनाइ

जर्ज फ्लोयडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको विवादास्पद भनाइ

४६ वर्षीय फ्लोयडका गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा मृत्यु भएका अश्वेत अमेरिकी नागरिकको घटनाले विश्वव्यापी बहस सिर्जना गरेको थियो।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

न्यूयोर्क- अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले विवादास्पद धारणा सार्वजनिक गरेका छन्। 

National life

४६ वर्षीय फ्लोयडका गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा मृत्यु भएका अश्वेत अमेरिकी नागरिकको घटनाले विश्वव्यापी बहस सिर्जना गरेको थियो।

उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा भएको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो। 

प्रहरी अधिकारी चोभनका वकिलले फेन्टनायल नामक लागुऔषधका कारण फ्लोयडको निधन भएको दाबी गर्दै आएपनि गतवर्ष सामान्य विवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

फ्लोयडको हत्या अभियोग लागेका पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथि लागेको मुद्दाको सुनुवाइको क्रममा चिकित्सकले अक्सिजनको कमीका कारण उनको मृत्यु भएको बताएका हुन्।

Laxmi sunrise bank
kumari

डा. मार्टिन टोबिनले फेन्टनायलका कारण नभइ पक्राउ पर्ने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएको बताएपछि यो विषयले फेरि एक पटक सामाजिक सञ्जालहरूमा उच्च स्थान पाएको छ।

सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोइडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दिएको यातानको भिडियो प्रशारण गरिएको थियो। पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन्। सो मुद्दामा अब निरन्तर सुनुवाइ हुने सरकारी अधिकारीहरुले जनाएका छन्। -रासस/एएफपी

प्रकाशित: Apr 09, 2021| 15:13 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।