आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, खोप उपलब्ध गराइदिन आग्रह

पराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, खोप उपलब्ध गराइदिन आग्रह

'उच्च जोखिममा रहेका मानिसका लागि कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाउनका लागि आवश्यक सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको छ,' परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ। 
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- परराष्ट्रपमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना नेपालले किनेको भाइरसविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेका छन्। शुक्रबार भएको दुई देशका परराष्ट्रमन्त्रीबीचको टेलिफोन वार्तामा मन्त्री ज्ञवालीले यस्तो आग्रह गरेका हुन्। 

शुक्रबार मन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका थिए। 

'उच्च जोखिममा रहेका मानिसका लागि कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाउनका लागि आवश्यक सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको छ,' परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ। 

नेपालले भारतसँग १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि भुक्तानी गरिसकेको छ। तर भारतीय खोप उत्पादकले भने माग बढी भएकाले तत्काल उपलब्ध गराउन नसकिने बताउँदै आएको छ। 

दुई परराष्ट्रमन्त्रीहरूबीच भारत र नेपालमा पछिल्लो समय बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणका विषयमा पनि छलफल भएको बताइएको छ। 

प्रकाशित: Apr 09, 2021| 13:28 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।