आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद् पद खोसिएका चारै नेताले लिए मन्त्री पदमा पुनः शपथ

सांसद् पद खोसिएका चारै नेताले लिए मन्त्री पदमा पुनः शपथ

नेकपा एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्रीमा नियुक्त गरेपछि उनीहरूले पुनः शपथ लिएका हुन्।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जनाले मन्त्री पदको पुनः शपथ लिएका छन्। शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथग्रहण गराएकी हुन्। 

नेकपा एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका तत्कालीन सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्रीमा नियुक्त गरेपछि उनीहरूले पुनः शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मुख्य सचिव शंकरदास बैरागी, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायतको उपस्थिति थियो।

माओवादी केन्द्र छोडेर उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए। 

यसअघि माओवादी केन्द्रले उनीहरू चारै जनालाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि माओवादी केन्द्रले उनीहरूलाई सांसद्‍बाट हटाउन सिफारिस गरेको थियो।

बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए। पार्टीबाट निष्काशित भएपछि स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।

सांसद पद नभई मन्त्रीमा नियुक्त भएका उनीहरुको कार्यकाल ६ महिनाको हुनेछ। कार्यकाल बढाउनका लागि उनीहरु कुनै पनि माध्यमबाट संघीय संसदको सदस्य भएको हुनुपर्नेछ।

प्रकाशित: Apr 09, 2021| 12:27 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।