आइतबार, भदौ १४, २०८३

मोरङमा एमालेको समानान्तर कमिटी गठन

नेकपा एमालेको नेपाल-खनाल समूहले प्रदेश १ मा पहिलो पटक समानान्तर जिल्ला कमिटी बनाएको छ। 
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

विराटनगर- नेकपा एमालेको नेपाल-खनाल समूहले प्रदेश १ मा पहिलो पटक समानान्तर जिल्ला कमिटी बनाएको छ। 

शुक्रबार मोरङमा जिल्ला र महानगर कमिटी गठन गरिएको हो। वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा समानान्तर कमिटी गठन गरिएको हो। चन्द्रवीर राईको अध्यक्षतामा ३२५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन्। सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राई छन्।

अध्यक्षमा चयन भएका राई तत्कालीन एमाले मोरङका उपाध्यक्ष हुन् भने उपाध्यक्ष राई संविधानसभा सदस्य हुन्। 
शुक्रबारै महानगर कमिटी पनि गठन गरिएको छ। पारुल क्षेत्रीको अध्यक्षतामा १७५ सदस्यीय महानगर कमिटी गठन गरिएको छ। महानगर कमिटिको उपाध्यक्षमा खेम तिम्सिना, सचिवमा किरण दाहाल, उपसचिवमा योगेशराज भण्डारी छन्। 

यसअघि विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा संगठन विस्तार गरेको बताएका थिए। जिल्लामा गठन हुने कमिटीहरुबाट पार्टी फुटाउने नभई कार्यकर्तामा उत्साह ल्याउने उनको भनाइ थियो। 

नेता नेपालले अदालतको आदेशको आफूले सम्मान गर्ने बताउँदै पार्टीमा २०७५ जेठ २ गते अगाडि निर्वाचित सवै पदाधिकारी कायम रहनु पर्नेमा जोड दिए। 

प्रकाशित: Apr 09, 2021| 12:22 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।