भोजपुर- चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन्।
भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तामाङको हात, छातीलगायतका ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ।
घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। -रासस