आइतबार, भदौ १४, २०८३

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ७१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २८८ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जानकारी दिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १२७ जना संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म ३ हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ। अहिलसम्म २ लाख ७३ हजार ७३५ जना निको भएका छन्।

हाल सक्रिय संक्रमितको संख्या २ हजार ६१५ रहेको छ।

प्रकाशित: Apr 09, 2021| 11:15 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।