आइतबार, भदौ १४, २०८३

गैंडा गणनामा ध्रुवेको अवरोध, ७ कर्मचारी घाइते

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा ७ जना कर्मचारीलाई घाइते बनाएको थियो। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा थालिएको गैँडा गणनामा जंगली हात्ती ध्रुवेले अवरोध गरी ७ कर्मचारीलाई घाइते बनाएको छ। गत आइतबार निकुञ्जमा गैंडा गणनामा खटिएका कर्मचारीलाई आक्रमण गरी घाइते बनाएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैँडा गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा ध्रुवेले ७ कर्मचारीलाई घाइते बनाएको हो। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।

बुधबार र बिहीबार ध्रुवेलाई धपाउने प्रयास गरिएको भएपनि असफल भएपछि विशेष तयारीका साथ शुक्रबार गणना गरिएको उनले जानकारी दिए। 'ध्रुवे हात्तीले अवरोध पुर्‍याएको क्षेत्रमा आज गणना गरेर शनिबार नतिजा सार्वजनिक गर्दैछौँ,' उनले भने।

हरेक ५ वर्षमा गैँडा गणना गर्ने गरिँदै आएको छ। यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन्। गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो। गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो ।

पछिल्लो पटक सन् २०१५ को गणनामा  नेपालमा कूल ६४५ वटा गैँडा थिए। तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ गैँडा भेटिएका थिए। नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८ र १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ। 

यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको हो। यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ। दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन्। कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको थियो।

बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइएको छ। यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन्। -रासस

प्रकाशित: Apr 09, 2021| 10:58 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।