शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अब बीमा संस्थानको सम्पूर्ण कारोबार कनेक्ट आईपीएसबाट

अब बीमा संस्थानको सम्पूर्ण कारोबार कनेक्ट आईपीएसबाट

राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कारोबार अब कनेक्ट आईपीएसमार्फत् गर्न सकिने भएको छ।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कारोबार अब कनेक्ट आईपीएसमार्फत् गर्न सकिने भएको छ।

शुक्रबार संस्थान र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच संस्थानको कारोबार गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा संस्थानका प्रशासक कविप्रसाद पाठक र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।

यो सम्झौतापछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिशन तलब, भेण्डर भुक्तानी, लगानीलगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै कनेक्ट आईपीएसमार्फत् गर्न सकिने एनसीएचएलले जानकारी दिएको छ। 

त्यसैगरी संस्थानलाई ग्राहकले तिर्नपर्ने बीमा शुल्क पनि अनलाइन वा पाँच हजारभन्दा बढी बैंक शाखाबाट र एनसीएचएल आबद्ध बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। 

एनसीएचएलको प्रणालीमार्फत् भुक्तानी र वित्तीय कारोबारसमेतको डिजिटलाइजेसनले संस्थानको सेवामा उल्लेख्य सुधार आउनुका साथै नगद परिचालन पनि स्फूर्त हुने र नगद तथा चेकमा रहेको निर्भरता पनि घट्ने अपेक्षा गरिएको एनसीएचएलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। 

एनसीएचएलले हाल २६ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम)को अनलाइन संकलन सोझै बैंक खातामा हुने गरी व्यवस्था गरेको जनाएको छ। पाँचवटा बीमा कम्पनीहरु भने आफ्नो कारोबारहरु पूर्ण स्वचालित रुपमा गर्न एनपीआई प्रणालीमा आबद्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: Apr 09, 2021| 11:08 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्