काठमाडौं- सरकारले नेपाल र ओमान सरकारबीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने निर्णय गरेको छ।
नेपाल र ओमान सरकारबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।