काठमाडौं- सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ।
सूचना तथा सञचार प्रविधि मन्त्री पार्वत गुरुङले वन तथा वातावारण मन्त्रालयको सिफारिसमा पर्वतका पौडेललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय मन्त्रीपरिषदले गरेको जानकारी दिए।
‘वन तथा वातावरण मन्त्रालयको सिफरिसमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्ष पदमा पर्वतका डा. किरण पौडेल नियुक्ति गरिएको छ’ सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने।