आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा निवास पुगे कांग्रेस, माओवादी केन्द्र र जसपाका नेता, बैठक सुरु

देउवा निवास पुगे कांग्रेस, माओवादी केन्द्र र जसपाका नेता, बैठक सुरु

सभापति देउवाले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितको बैठक बोलाएका थिए। केपी ओली नेतृत्वको सरकार हटाएर नयाँ सरकार गठन गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ। 
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको संयुक्त बैठक सुरु भएको छ। सभापति देउवा निवास बुढानीलकण्ठमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त बैठक सुरु भएको कांग्रेसका एक नेताले जानकारी दिए। 

बैठकमा नेपाली काङ्ग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा.शशांक कोइराला र महामन्त्री पूर्ण बहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत उपस्थित छन्। यसका साथै पार्टीका नेता कृष्णप्रसाद सिटौला पनि बैठकमा सहभागी रहेको बताइएको छ। 

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', प्रवक्ता नारायण काजी श्रेष्ठ, स्थायी समिति सदस्य कृष्णबहादुर महरा र प्रमुख सचेतक देव प्रसाद गुरुङ बैठकका लागि बुढानीलकण्ठको बैठकमा सहभागी छन्। 

जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका साथै नेताहरू राजेन्द्र महताे र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी छन्।  

बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर नयाँ सरकार गठन गर्ने विषयमा छलफल हुने बताइएको छ। 

यसअघि नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो। उक्त निर्णय गरेको एक सातापछि देउवाले त्रिदलीय बैठक बोलाएका हुन्।

प्रकाशित: Apr 09, 2021| 10:08 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।