काठमाडौं- सिंगटी हाइड्रोपावरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरेको छ। कम्पनीको सेयर बिक्री प्रबन्धक मेगा क्यापिटल शुक्रबार बिहान ११ बजे आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० जनाले आवेदन गरेका थिए। त्यसमध्ये रीत पूरा नगरेका ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको मेघा क्यापिटलले जनाएको छ।
योग्य आवेदकमध्ये २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको क्यापिटलले जनाएको छ।
कम्पनीले चैत ६ देखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो।
आवेदकले मेरो सेयरमा गई आइपिओ परेनपरेको जाँच गर्न सक्नेछन्।
भिडियो