काठमाडौं- नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलले अग्रता बढाउँदै लगेका छन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार पोखरेलले २ हजार ५८० मत ल्याएका छन्।
यस्तै निर्मला शर्माले १ हजार ४२० मत प्राप्त गरेकी छिन्। पोखरेल शर्मा भन्दा १ हजार १६० मतले अघि देखिएका छन्।
यस्तै अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र सिंह बुढाथोकीले ११९ मत प्राप्त गरेका छन्। उम्मेदवारी फिर्ता लिएका रामप्रसाद दाहालले ३५ मत प्राप्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले २ हजार ४१३ मत प्राप्त गर्दा माधव नेपालले १ हजार ३६७ मत प्राप्त गरेका छन्। यस्तै उम्मेदवारी फिर्ता लिएका रामजी दाहालले २०१ मत प्राप्त गरेका छन्।
महासचिवमा रोशन पुरीले २ हजार २५४ मत प्राप्त गर्दा बालकृष्ण बस्नेतले १ हजार ४२७ मत प्राप्त गरेका छन्। महासचिवकै अर्का प्रत्यासी सुवोध गौतले २७५ मत प्राप्त गरेका छन्।
मतगणना चलिरहँदा पोखरेल नेतृत्वको प्यानल शर्मा नेतृत्वको प्यानलभन्दा अघि देखिएको छ।
कसको मत कति ?