आइतबार, भदौ १४, २०८३

ओलीले प्रचण्डलाई लात हाने, ठिक्क भा'छ : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुट्टा टेक्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लात हानेको बताएका छन्।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुट्टा टेक्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लात हानेको बताएका छन्।

निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन गर्दै देउवाले आफ्नो सुझाव नमान्दा प्रचण्डले दुःख पाएको बताएका हुन्।

उनले २०७४ को निर्वाचनपछि प्रचण्डलाई आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको उनले सुनाए। ओलीलाई सत्ता सुम्पिँदा अहिले प्रचण्डको यो हबिगत बनेको उनको भनाइ छ। ‘मैले प्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन। सत्ता बुझाउनु भयो। प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने,’ उनले भने। 

देउवाले आज तीन दलको बैठक बोलाएको भन्दै सरकार गठनबारे छलफल हुने बताए। नयाँ सरकार बन्ने अवस्था नहरे चुनावमा जानुपर्ने उनको भनाइ थियो। ‘नयाँ सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन। हामी तयार हुनुपर्छ,’ उनले भने।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि उपयुक्त विकल्पमा अघि बढ्नुपर्ने बताएका थिए।

प्रकाशित: Apr 09, 2021| 08:23 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।