आइतबार, भदौ १४, २०८३

सांसद पद खोसिएका ४ मन्त्रीको आज फेरि शपथ

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जना मन्त्रीहरुको आज फेरि शपथ ग्रहण हुने भएको छ।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जना मन्त्रीहरुको आज फेरि शपथ ग्रहण हुने भएको छ।

एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्रीमा नियुक्त गरेपछि आज साँझ शपथ लिने भएका हुन्।

उनीहरुको साँझ ५ बजे राष्ट्रपति कार्यालय शितल निवासमा शपथको कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

माओवादी परित्याग गरेपछि उनीहरुलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो। त्यसपछि पार्टीबाट कारबाही गरेपछि संसदले उनीहरुको पदमुक्त गरेको थियो। पार्टीबाट निष्काशित भएपछि स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।

हिजो प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए।

अब सांसद पद नभई मन्त्रीमा नियुक्त भएपछि उनीहरुको कार्यकाल ६ महिना हुनेछ। कार्यकाल बढाउनका लागि उनीहरु कुनै पनि माध्यमबाट संघीय संसदको सदस्य भएको हुनुपर्नेछ।

प्रकाशित: Apr 09, 2021| 08:17 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।