काठमाडौं– रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेशनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्रा जारी छ।
प्रदेश नं. २ का ८ वटा जिल्लाको विभिन्न ५० स्थानमा गरिने यो यात्रा अहिले ११ वटा ठाउँमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। हालसम्म प्रदेश नं. २ को धनुषा जिल्लास्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोतरीको बलबा र जलेश्वर, मटिहानि र पिपरा बजार र सर्लाहीको गोडैता, मलंगवा र होलीको अवसरमा जनकपुरधाममा होली विशेष कार्यक्रम सम्पन्न भएको छ।
यो नाट्य यात्रामा प्रस्तुत गरिएको रिद्धि सिद्धि सिमेन्टको उपयोगिता विषयक नाटकले दर्शक समक्ष लोकप्रियता बटुल्न सफल भएको छ। यस नाटकमा प्रस्तुत गरिएको विषयवस्तुको नाटकियतामा दर्शकहरु मनोरञ्जन लिनुको साथसाथै आफनो भविष्यमा निर्माण हुने भौतिक संरचनामा प्रयोग हुने सबैभन्दा महत्वपूर्ण पाटो सिमेन्ट प्रयोग गर्दा सचेत रहने विश्वास कम्पनीको छ।