शनिबार, असोज १०, २०८३

भेष्पाले गर्‍यो रिक्रिएसनल राइड

 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं– भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले शनिबार भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे बिचसम्म रिक्रिएसन राइड आयोजना गरेको छ।

राइडमा युवाहरुको आकर्षण देखिएको थियो। ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको प्रालिका उपाध्यक्ष विजय महतोले बताए।

भेष्पा प्रिमियम प्रडक्ट हो। भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको महतोले बताए। राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो।
भेस्पा राइडमा कम्पनीले मनोरन्जनका लागि विभिन्न रिक्रियसनल गेम हरु पनि खेलाएको थियो।
 

प्रकाशित: Apr 09, 2021| 06:28 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्