आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसी भन्छ– बन्द गर्ने योजना छैन

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसी भन्छ– बन्द गर्ने योजना छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको छ। 
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेकोले मन्त्रालयले भीडभाड हुने स्थान बन्द गर्ने तयारी गरेको हो। प्रवक्ता गौतमले भने, ‘विद्यालयमात्रै होइन, भीडभाड हुने स्थलहरु बन्द गर्न सार्वजनिक आह्वान गरिसकेका छौं। यसबारे अब सीसीएमसीमा छलफल हुन्छ।’

सीसीएमसीले भने विद्यालय बन्द गर्ने योजना नरहेको बताएको छ। सीसीएमसीका फोकल पर्सन तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठका अनुसार अहिले विद्यालय बन्द गर्ने कुनै योजना छैन।

श्रेष्ठले नेपाल समयसँग भने, ‘पहिलेको जस्तो विद्यालय बन्द हुँदैनन्। हिजोमात्रै प्याब्सन, एनप्याब्सनलगायत संघसंस्थासँग सीसीएमसीले छलफल गरेको थियो। छलफलमा विद्यालय बन्द नगर्ने कुरा भएको छ। विद्यार्थीलाई कोरोना देखिएमा भने विद्यालय आफैंले निर्णय गरेर कदम चाल्न सक्छन्।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढ्दै गएको छ। शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्न इपिडिमियोलोजीको पनि सुझाव छ। 

शिक्षा मन्त्रालयका अनुसार सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने भन्ने निर्णय गर्न सक्ने  गरी यसअघि नै निर्णय भइसकेको छ।

प्रकाशित: Apr 09, 2021| 05:58 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।