आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लाइसेन्स परीक्षामा फेल भएकालाई पास बनाएको आरोपमा मुद्दा

लाइसेन्स परीक्षामा फेल भएकालाई पास बनाएको आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपांग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा फेल भएकालाई नतिजा परिवर्तन गरेको पाइएको छ। सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ। 

यस्तै तत्कालीन शाखा अधिकृत ध्रुव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन्। उनीहरुले लिखित परीक्षको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
यसैगरी आयोगले महोत्तरीको साविक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाइ बनाई सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आयोगका अनुसार रु १२ लाख ४४ हजार बराबरको हिनामिना गरेको पाइएको छ। 

सो कार्यमा सचिव सिंह र कार्यालय सहायक नारायण यादवको सङ्लग्नता रहेको पाइएको छ। आयोगले उनीहरुविरुद्ध रु छ लाख २९ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ। अनियमितता गरेकोमध्ये रु छ लाख १५ हजार बराबरको रकमसमेत बैंकमा दाखिला भएको पाइएको छ। रासस

प्रकाशित: Apr 08, 2021| 14:38 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।