काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्।
देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन्।
पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले बैठक बोलाएका हुन्।
तीन दल बैठककै लागि देउवाले शुक्रबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पनि चैत ३० गतेका लागि सारेका छन्।
साताअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो।
कांग्रेसको उक्त निर्णयपछि पनि प्रायः मौन देखिएका सभापति देउवाले नयाँ सरकार गठनबारे सक्रियता देखाएको रूपमा विश्लेषण गरिएको छ।
उता, माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका तर ओली सरकारमा सहभागी भएका ४ जना मन्त्रीहरूको सांसद पद खारेज भएको छ।