आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार आरोपीको बयान्- मरिन् भन्ने ठानेर कर्णालीमा फालिदिएँ

बलात्कार आरोपीको बयान्- मरिन् भन्ने ठानेर कर्णालीमा फालिदिएँ

सोरु गाउँपालिका–९ की मुगुकी ९ वर्षीया बालिका लक्ष्मी चौलागाईको हत्याका संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

सुर्खेत- सोरु गाउँपालिका–९ की मुगुकी ९ वर्षीया बालिका लक्ष्मी चौलागाईको हत्याका संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोरु गाउँपालिका–८ कै २० वर्षीय प्रवेश रावल छन्।

रावलले बालिकाको हत्या आफैले गरेको स्वीकार गरिसकेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा रावलले बलात्कार गर्न खोज्दा बालिका बेहोस भएको र मरेको भन्ने लागेर कर्णाली नदीमा फालिदिएको बयान दिएका छन्। ‘बलात्कार गर्न खोज्दा बालिका (लक्ष्मि) ले प्रतिकार (चिच्याउने, कराउने र हो–होल्ला) गरिन्। भाग्न खोज्दा ढुङ्गामा ठोकिइन् र बेहोस भइन्, मरिन् भन्ने लाग्यो। अनि घटना खुल्ने डरले फालिदिएँ’ आरोपितको बयान उद्धृत गर्दै मुगुका डीएसपी चित्रबहादुर भट्टराईले भने।

बलात्कार गर्न खोजेको र बालिकाको प्रतिकारपछि हत्या गरेको आरोपीले प्रहरीलाई बताएका छन्। ‘त्यो दिन मदिरा सेवा गरेको थिएँ। बालिका चर्पी गर्न गएको मौका पारेर बलात्कार गर्न खोजेँ, कराएपछि बलात्कार गरिनँ’ आरोपीले प्रहरीसँग भनेका छन्, ‘भाग्न खोज्दा ढुङ्गामा ठोकिएर बेहोस भइन्। पछि मरिन् भन्ने लाग्यो र घटना खुल्ने डरले कर्णाली नदीमा फालिदिएको हुँ।’

चैत २१ गते हराएकी बालिकाको शव २४ गते सोरु गाउँपालिका–८ तारापानीदेखि ५०० मीटर टाढा  कर्णाली नदीमा भेटिएको थियो। माछा मार्न गएका स्थानीयले ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनास्थल नजिकै दुईवटा चाउचाउका प्याकेट भेटेको थियो। चाउचाउका प्याकेटकै कारण प्रहरीले आरोपीलाई पक्राउ गर्न सफल भएको हो। ‘घटनास्थल नजिकै दुईवटा पसल छन्’ डिएसपी भट्टराइले भने, ‘घटना भएको दिन चाउचाउ किन्न आउने व्यक्तिहरु खोज्दै जाँदा दोषीलाई पक्राउ गर्न सफल भयौँ।’ घटना भएको दिन पसलबाट रावलले चाउचाउ किनेको भेटिएपछि प्रहरीलाई दोषी पत्ता लगाउन सहज भएको थियो।

बालिकाको पोष्टमार्टम् र डीएनए परीक्षणको रिपोर्ट आएको छैन। आरोपीले बलात्कार प्रयास मात्रै गरेको बताउँदै आएका छन्। प्रहरीले पनि बलात्कार भएनभएको पत्ता लगाउन (भेजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ। आरोपीलाई १० दिन म्याद थप गरेर अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले आरोपीलाई आज (बिहीबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

प्रकाशित: Apr 08, 2021| 13:22 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।