आइतबार, भदौ १४, २०८३

प्रहरी अस्पताल ३८ औं वर्षमा 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार अस्पतालको ३७ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं– नेपाल प्रहरी अस्पताल २८ औं वर्षमा प्रवेश गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार अस्पतालको ३७ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।

कार्यक्रममा  महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको  बिलिङ तथा रिपोर्टको अनलाइन सेवा सुविधा लिन सकिने प्यासेन्ट पोर्टलको उद्घाटन गरेका थिए।

कार्यक्रममा उनले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको दुई करोड रुपैयाँको थैली अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा‍‍. आशा सिंहलाई हस्तान्तरणसमेत गरे।

यस्तै अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखह समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७७’ र नेपाल मेडिकल जर्नलको समेत लोकार्पण गरिएको थियो।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालमा २५ वर्ष अनवरत सेवा गरेका प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरेका थिए। साथै भिजिटिङ कन्सल्टेन्टहरु प्राडा. रोहितकुमार पोखरेल र डा‍. रबिनबहादुर बस्नेत तथा अस्पतालको सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्‍याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्ज र संघसंस्थालाई प्रशंसापत्र एवम् उत्कृष्ट विभागअन्तर्गत प्याथोलोजी विभागलाई सिल्ड तथा प्रशंसापत्रसमेत प्रदान गरिएको थियो। 

समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु अच्युत कृष्ण खरेल, रमेश चन्द ठकुरी, कुवेर सिंह राना, उपेन्द्र कान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गरेका थिए। 
 

प्रकाशित: Apr 08, 2021| 08:38 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।