काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३३२ जना कोरोना संक्रमित थपिएका छन्।
४ हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७९ जना संक्रमति निको भएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार १०० पुगेको छ।
२ लाख ७३ हजार ६०८ संक्रमित निको भएका छन् भने ३ हजार ३८ जनाको मृत्यु भएको छ।
हाल सक्रिय संक्रमितको संख्या २ हजार ४५४ रहेको मन्त्रालयको तथ्यांक छ।