काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) २.७४ अंकले उकालो लागेर २६७४.३५ अंकमा अडिएको छ।
यसदिन बैकिङ १.८९, होटल तथा पर्यटन समूहको २९.७९, विकास बैंक २०.६२, फाइनान्स ३९.४३, लघुवित्त १०६.१३, जीवन बीमा कम्पनी ९१.९८, म्याचुअल फन्ड ०.०२ अंकले उकालो लागेको छ भने लगानी, उत्पादनमूलक, निर्जीवन बीमा, जलविद्युत र कारोबार समूह भने ओरालो लागेको छ।
बिहीबार २०७ कम्पनीको १ करोड ३३ लाख कित्ता सेयर ६ अर्ब ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यसदिन ९ प्रतिशतभन्दा बढी कमाउनेमा एनआइसी एसिया लघुवित्त वित्तिय संस्था लि., ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स, मल्टीपर्पोज फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स र ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था रहेका छन्।
सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको ४.४२ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै बिहीबार सबैभन्दा बढी अपर तामाकोसी जलविद्युत कम्पनीको ३६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।